आफ्नै भाइद्वारा दाजुमाथि खुकुरी प्रहार
जानकारी केन्द्र
२०७५, मंसिर, १६
इलाम । इलाममा आफ्नै भाइले दाजुमाथि खुकुरी प्रहार गरेका छन् ।
इलाम नगरपालिका वडा नम्बर ९ का २८ वर्षीय भाइ नवीन सुवेदीले आफ्नै ३० वर्षीय दाजु संजिव सुवेदीलाई खुकुरी प्रहार गरेका हुन् | खुकुरी प्रहारबाट संजिव गर्म्भिर घाइते छन् | उनको हातको औला छिनेको छ भने टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । दाजुलाई खुकुरी हानेर भाग्दै गरेका भाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले घरायसी विवादका कारण खुकुरी प्रहार गरेको बताइएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका सुवेदीलाई इलाम अस्पतालमा सामान्य उपचारपछि झापाको अस्पतालतर्फ रेफर गरिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

