पार्टीभित्रै ओलीको राजिनामा माग्ने तयारी
जानकारी केन्द्र
२०७५, मंसिर, १७
एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली खुलेरै सहभागि भए । सम्बोधन गर्नेदेखि अवार्ड थाप्नसम्म उनी खुशीका साथ सक्रिय भए ।
समिटका लागि आएका विदेशी पाहुनालाई पनि उनले उच्च प्राथमिकताका साथ भेटवार्ता गरे ।
क्रिष्चियन धर्मको प्रचार गर्न लागि गरिएको भनिएको समिटको सर्वसाधारणले विरोध गरिरहँदा ओलीले भने विरोध र आलोचनाको बेवास्ता गरे ।
समिटकै कारण ओलीलाई पार्टीभित्रैबाट विरोध सुरु भएको छ । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेकपाका नेता भीम रावलले खुलेरै विरोध गरे ।
क्रिष्चियन धर्म प्रचारक एकनाथ ढकालको पछि लागेर ओलीले गम्भीर भूल गरेको रावलको आरोप छ । उनले यस विषयमा आगामी स्थायी समिति बैठकमा कुरा उठाउने चेतावनीसमेत दिए ।
अन्य कतिपय नेताहरुले पनि ओलीको सहभागिताप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
सम्मेलनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल उपस्थित भएनन् । अर्का वरिष्ठ नेता माधव नेपाल भने आयोजककै हैसियतमा थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

