Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

मलेसियामा कार्यरत विदेशी कामदारलाई नयाँ नियम लागु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, पुष, १३
मलेसियामा कार्यरत विदेशी कामदारलाई नयाँ नियम लागु
पुस १३, काठमाडौं । मलेसियाको रोजगारदाता(कम्पनी)हरुले विदेशी कामदारहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा संस्था (SOCSO) मा दर्ता गराउनु पर्ने नयाँ व्यवस्था लागू हुने भएको छ
। हाल विदेशी श्रमिक क्षतिपूर्ति योजना अन्तर्गत रहेकोमा सन् २०१९ जनवरी १ देखि विदे?शी कामदारहरुलाई सामाजिक सुरक्षा संस्थामा आवद्व गर्ने व्यवस्था मलेसिया सरकारले गरेको हो ।अबदेखि रोजगारदाताले सामाजिक सुरक्षा बापत श्रमिकको मासिक न्युनतम पारिश्रमिकको १.२५ प्रतिशत रकम सामाजिक सुरक्षा संस्थामा बुझाउनुपर्नेछ।
यो रकम कामदारले तिर्नुनपर्ने साथै रोजगारदाताले कामदारको तलबबाट कटाउन पनि नपाउने व्यवस्था गरिएको छ ।
अबदेखि रोजगारदाताले सामाजिक सुरक्षा बापत श्रमिकको मासिक न्युनतम पारिश्रमिकको १.२५ प्रतिशत रकम सामाजिक सुरक्षा संस्थामा बुझाउनुपर्नेछ।
यो रकम कामदारले तिर्नुनपर्ने साथै रोजगारदाताले कामदारको तलबबाट कटाउन पनि नपाउने व्यवस्था गरिएको छ ।सामाजिक सुरक्षा संस्था मार्फत दर्ता भएका कामदारहरुले स्वास्थ्य उपचार, स्थायी तथा अस्थायी अशक्तता सुविध, आश्रित परिवार सुविधा, शव फिर्ता तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुन स्थापना सुविधा प्राप्त गर्ने मलेसिया स्थित नेपालि दुतावासले जनाएको छ।
Top Changing Nepal

युट्युब सट्स