Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

भक्तपुरमा बसबाट ओर्लिने क्रममा आफैँ चढेको बसले ठक्कर दिँदा बानिँयाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, १०
भक्तपुरमा बसबाट ओर्लिने क्रममा आफैँ चढेको बसले ठक्कर दिँदा बानिँयाको मृत्यु

भक्तपुर | भक्तपुरमा बसबाट ओर्लिने क्रममा त्यही बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा ज्यामिरे २ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीया प्रतिमा वाग्ले बानिँया रहेकी छन्|

काठमाण्डौबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ९३९० बसबाट सूर्यविनायक नगरपालिका ५ सृजना नगरमा ओर्लिने क्रममा त्यही बसले ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारका क्रममा ज्यान गएको हो । 

ठक्करबाट गम्भीर घाइते भएकी बानिँयाको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

बस चालक २७ वर्षीय नवराज नेपाल र बसलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

naima expoTop Changing Nepal

युट्युब सट्स