Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुदुरपश्चिम प्रदेशबाट पनि श्रम स्वीकृति दिन सुरु, पहिलो श्रम स्वीकृति मलेसियाको

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, १३

वैदेशिक रोजगारीमा जानको लागि आजदेखि सुदुरपश्चिमबाट पनि श्रमस्वीकृति वितरण सुरु भएको छ । सरकारले आजदेखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट नै श्रम स्वीकृति वितरण गर्न सुरु गरेको हो ।

यो सेवासंगै अब सुदुरपश्चिमबाट बैदेहिक रोजगारीमा जान चाहने कामदारहरुले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन तथा आफूलाई परेको समस्या राख्न काठमाडौँ धाउनु नपर्ने भएको छ ।

यस अघिकै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, गण्डकी प्रदेशको पोखराबाट र प्रदेश ६ को सुर्खेतबाट यो सेवा उपलब्ध गराइसकेको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रिकृत गरी सरल र सहज बनाउन सुदुरपस्चिम प्रदेशबाट पनि यो सेवा दिन लागिएको मन्त्रालयले जनाएको छ । हाललाई यो कार्यालयले प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्नेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स