‘भ्यालेन्टाइन डे’ मा डेढ करोडको गुलाफ
काठमाडौं । प्रणय दिवस (भ्यालेन्टाइन डे) मा डेढ करोड रुपैयाँको गुलाफको फूल आयात हुने भएको छ । हरेक वर्षको १४ फेब्रुअरी (२ फागुन) मा प्रेमी प्रेमिकाले एक अर्कामा गुलाफको फूल साटासाट गर्ने चलन रहेको छ ।नेपाल फ्लोरिकल्चर एसोसिएसन अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार यो वर्षको प्रणय दिवसमा गुलाफ फूलका लागि १ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको १ लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात हुनेछ । गत वर्ष प्रणय दिवसका लागि १ करोड २५ लाख रुपैया मूल्यबराबरको फूल आयात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष २२ प्रतिशतले आयातमा वृद्धि हुने देखिएको छ । हरेक वर्ष १५ प्रतिशतले बजारको माग बढ्दै गएकाले आयात पनि बढ्दै आएको हो ।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । गुलाफको व्यावसायिक खेती गरिने दुई जिल्ला काठमाडौं र काभ्रेपलाञ्चोक रहेका छन् भने अन्य जिल्लामा यसको खेती विस्तार हुने क्रम रहेको छ । व्यावसायिक रूपमा गुलाफका ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यो व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा लाभ लिएका छन् ।
श्रेष्ठका अनुसार मुलुकभरमा २ लाख स्टिम गुलाफ फूल खपत हुन्छ । यसमध्येमा १ लाख ६० हजार भारतबाट आयात हुन्छ भने ४० हजार स्टिम फूल नेपालको उत्पादन छ । श्रेष्ठका अनुसार देशभर २ लाख स्टिम गुलाफ आयात भएको मध्ये ६० प्रतिशत काठमाडौंमा खपत हुने र ४० प्रतिशत पोखरामा खपत हुन्छ ।
नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । विशेषगरी, तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि फूल भारतबाट व्यापारीले आयात गर्दै आएका छन् । यस वर्षको तिहारका लागि भारतबाट ३० लाख रुपैयाँबराबरको ३ लाख सयपत्री फूलको माला ल्याइएको थियो । तिहारमा मात्रै १ करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने गर्छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने

