Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

महिला डाक्टरको कपडा फेर्ने ठाउँमा भेटियो क्यामेरा, लुगा फेर्दै गरेको भिडियो रेकर्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, जेष्ठ, १९
महिला डाक्टरको कपडा फेर्ने ठाउँमा भेटियो क्यामेरा, लुगा फेर्दै गरेको भिडियो रेकर्ड

भारतको चन्डीगढस्थित गर्भमेन्ट मेडिकल कलेज एन्ड हस्पिटलको अप्रेसन थिएटरको चेन्जिङ रुममा क्यामेरा राख्ने गरेको खुलेको छ । यस अस्पतालको महिला डाक्टर तथा नर्सले लुगा फेर्ने ठाउँमा मोबाइलको क्यामेरा अन गरेर राख्ने गरेको एक महिला डाक्टरले चाल पाएकी हुन् ।
अस्पतालको मुख्य अप्रेसन थिएटरसँगै रहेको चेन्जिङ रुममा बेलुका साढे ६ बजे अप्रेसन सकेर जब एकजना महिला डाक्टर कपडा फेर्न गइन् । उनले डस्बिनभित्र रुमालसँगै केही राखेको जस्तो देखिन् । रुमालमा गोलो प्वाल समेत पारिएको थियो । उनले जब त्यो रुमाल उठाइन्, भेटियो मोबाइल । त्यो मोबाइलको क्यामेरा अन मुडमा थियो । उनले उक्त जानकारी नर्स र प्रशासनलाई गराइन् । त्यतिन्जेल तीन महिला डाक्टर र एक नर्सको लुगा फेर्दै गरेको भिडियो रेकर्ड भइसकेको थियो ।
यस मामलामा हस्पिटलका डाइरेक्टरलाई भनियो । त्यसपछि करिब नौ बजे मुद्दा दर्ता गरिएको छ ।
फोन अप्रेसन थिएटरमा काम गर्ने स्वीपर निर्मल लालको रहेको बुझिएको छ । प्रहरीले उनको फोनको जाँचका लागि ल्याब पठाएको छ र उनलाई हस्पिटलको कुनै ठूलो मान्छेले नै अश्लिल सामग्री बनाउन उक्साएको हुन सक्ने अनुमान गरिएको छ । किनभने अप्रेसन थिएटरमा उनीबाहेक कुनै काम गर्ने महिला नपठाउने गरिएको बताइएको छ ।
यसअघि पनि कतिपय महिला डाक्टर र नर्सको भिडियो बनिसकेको हुन सक्ने अनुमान गरिएको छ ।
स्रोत – swasthyakhabar.com

naima expoTop Changing Nepal

युट्युब सट्स