गण्डक नहरमा मोटरसाइकल सहित बेपत्ता सुस्ताका स्थानीय ।
जानकारी केन्द्र
२०७५, फाल्गुन, २
रबिन्द्र यादव/नवलपरासी पश्चिम २ फागुन नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नम्बर २ गुदरीया स्थित गण्डक नहरमा खसेर बिहान करिब ५ बजे एक जना मोटरसाइकल सहित बेपत्ता भएका छन् ।
सुस्ता ३ महेन्द्रनगर बाट पेट्रोल लिन महलबारी गएका बर्ष १७ का हदिस मियाले कुडिया मिल तिर अाउने गण्डक नहरको चोक गुदरीया मा भारतीय प्लेट नम्बर युपी ५६ जेड ११२७ मोटरसाइकलका चालक मिया बेपत्ता भएका हुन ।
कुडिया प्रहरी चौकीका इन्चार्ज शंकर श्रेष्ठका अनुसार विहान कुहिरो भएर मोटरसाइकल अनियन्त्रित भएर गण्डक नहरमा खसेको हुन सक्ने बताएका छन् । घटनास्थल देखि करिब सय मिटर टाढा प्रहरी चौकी रहेको छ । अहिले बेपत्ता भएका लाई नहरको पानी घटाएर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

