हेलिकोप्टर दुर्घटना: पेस्तोलबाट ३ राउण्ड गोली पड्किए
सेना र प्रहरीको संयुक्त टोलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनास्थबाट पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेका साथमा रहेको पेस्तोल फेला पारेको छ।
सेनाको टोलीले जलेको अवस्थामा हेलिकोप्टरको भग्नावशेष तल च्यापिएको अवस्थामा पेस्तोल फेला पारेको हो।
दुर्घटनास्थलमा पेस्तोल खोज्न परिचालन भएका एक प्रहरी अधिकारीकाअनुसार हेलिकोप्टर पहाडमा ठोक्किएर बल्न थालेपछि जमदार घिमिरेका साथमा रहेको पेस्तोलका तीन राउण्ड गोली पड्किएको निष्कर्ष सुरक्षा टोलीले निकालेको छ। सेना र अस्थाई प्रहरी चौकी माथिल्लो फेदी टोलीले घटनास्थलबाट १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला पारेको छ।
बरामद खोकाले पेस्तोल पड्किएको अनुमानलाइ अधार दिएको हो। ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले घिमिरेको साथमा रहेको पेस्तोल जलेको अवस्थामा फेला परेको नेपालखबरलाइ बताए। उनले बरामद पेस्तोल सेनाले लिएर गएको जानकारी दिए।
दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्डयन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली सेनाका जमदार घिमिरेसहित ७ जनाले ज्यान गुमाएका थिए।
फागुन १५ गते ताप्लेजुङ, फुङलिङ–१० तारेभिरको पहाडमा ठोक्किएर एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर एएस ३५० दुर्घटना भएको थियो।- नेपाल खबर
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


