Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

‘दाल भात तरकारी’ को सर्यो प्रदर्शन मिति वैशाख २० मा आउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, २
‘दाल भात तरकारी’ को सर्यो प्रदर्शन मिति  वैशाख २० मा आउने

काठमाडौँ,१ चैत्र । वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘दाल भात तरकारी’को रिलिज मिति सारिएको छ । चलचित्रको केही प्राविधिक कामहरु बाँकी नै रहेका कारण सार्नु परेको निर्माण पक्षले जानकारी गराएको छ ।महसञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीका प्रस्तुतकर्ता किरण केसी रहेका छन भने निर्देशन सुदन केसीले गरेका हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वांग्देल, विल्सन विक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।


चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् ।अब यो चलचित्र वैशाख २० गते बाट प्रदर्शनमा आउने जानकारी गराइएको छ ।

Top Changing Nepal

युट्युब सट्स