पत्रकार ऋषि धमला महात्मा गान्धी एशिएन पिस अवार्ड द्वारा सम्मानित
काठमाडौं, ६ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला महात्मा गान्धी एशिएन पिस अवार्डबाट सम्मानित भएका छन् । बुधबार होली पर्वको विशेष अवसर पारेर पत्रकार धमलालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
अभिनन्द–पत्रमा भनिएको छ,‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको उपस्थितिमा छैटौं एशियाली सांगीतिक, सांस्कृतिक महोत्सव एवम् महात्मा गान्धी एशियाली शान्ति पुरस्कार वितरण समारोहको सभ्य र भव्य महोत्सवमा यहाँलाई सम्मान गर्न पाउँदा हामी गौरवान्तित भएका छौं ।’
विगत लामो समयदेखि पत्रकारिताको माध्यमबाट पत्रकार धमलाले निष्ठा, दक्षता र ईमानदारीताका साथ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ एवम् संविधान निर्माणमा प्रशंसनीय भूमिका खेलेको आयोजकको भनाई छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् नेपाल सरकारका पूर्व सञ्चारमन्त्री दिलेन्द्र प्रसाद बडु, नेकपाका केन्द्रीय सदस्य एवम् सांसद नारदमुनी राना, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनिया, नेपाली सेनाका अवकाश प्राप्त रथी बलदेवराज महत, युवा नेता क्षितिज भण्डारी र नेपाल राष्ट्रिय माडलिङ संघका अध्यक्ष दिनेश शाहीको हस्ताक्षर रहेको अभिनन्दन–पत्र धमलालाई प्रदान गरिएको हो ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


