अनुमति लिन प्रहरीको मुक्का र धक्का, ठूलो जंगलमा ४ ओटा मात्रै रुख छ भन्दै खानी सञ्चालन !
न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३५५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विभिन्न विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी समेत गरिएको छ ।
१. गाउँपालिका अध्यक्षको पावरको चरम दुरुपयोग– खानी विभागलाई झुक्याएर ढुंगा खानी सुरु !
धादिङ । धादिङको गल्छी गाउँपालिका ७ मा गाँउपालिका अध्यक्षकै छोराले खानी विभागलाई झुक्याएर ढुंगा खानी सुरु गरेका छन् । गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठका छोरा दिलिप श्रेष्ठले खानी विभागमा बान्द्रे ढुंगा खानी दर्ता गराएका छन् । यही उद्योगले गल्छी ७ भाल्टार स्थित जंगलको बिचमा ढुंगा उत्खनन् सुरु गरिसकेको छ ।
खाल्टेखोला सामूदायीक वन भित्र खानी सञ्चालन गर्न तत्कालीन जिल्ला वन कार्यालयबाट स्विकृति लिएको छ, भने खानी विभागमा दर्ता भएको छ । तर खानी विभागमा दर्ता हूँदा गलत प्रतिवेदन पेश गरेर स्विकृति लिएको पाइएको छ । खानी विभागमा खानी सञ्चालन हुने जंगलमा ४ वटा मात्रै भलाएका रुख रहेको भनि पेश गरिएको छ ।
२. श्रम कार्यालयमा सेवग्राही कुट्दै प्रहरी !
जनकपुरधाम । केही महीना अघिसम्म वैदेशिक रोजगारीमा जाने नेपालीहरुले श्रम अनुमति लिनै काठमाडांै नै आउनु पर्ने बाध्यता थियो । तर सरकारले प्रदेशबाटै पुनः श्रमअनुमति दिने व्यवस्था गरेपछि प्रदेश न २ का सर्वसाधारणलाई काठमाडाैं आउनु पर्ने बाध्यता हट्यो तर श्रम कार्यालयमा पाउने सास्तीको पारो झनै बढेको छ ।
मंगलबार दिउँसो जनकपुर स्थीत हाम्रा टिभी जर्नलिष्ट घनश्याम मिश्र श्रम कार्यालयमा पुग्दा पनि अवस्था फरक थिएन । सेवाग्राहीको सुरक्षार्थ खटिएका प्रहरी सेवाग्राहीलाई मानविय व्यवहार नै नगरे जस्तो देखिन्छ ।
news24nepal.tv
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


