Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

एसइई: भोलि हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र पनि आउट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, १५
एसइई: भोलि हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र पनि आउट

जनकपुर,चैत्र १५ – शनिबार हुने एसइई अन्तर्गत अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र पनि आउट भएको छ। प्रश्नपत्र प्रदेश २ को सामाजिक मामिला मन्त्रालयका उपसचिव ठूलबाबु दाहालको फेसबुक मेसेन्जरमा प्राप्त भएको हो। परीक्षाको एकदिन अघि नै दाहाललाई उक्त प्रश्नपत्र आएको सामाजिक मामिलामन्त्री नवलकिशोर साहले बताए।

फेसबुकबाट पनि प्रश्नपत्र बाहिरिएको बताइएको छ। तर त्यो प्रश्नपत्र सक्कली हो वा होइन आधिकारीक रुपमा पुष्टि हुन सकेको छैन । प्रदेश २ मा एसइईको सबै विषयको प्रश्नपत्र आउट भएको आशंका गरिएको छ।

बिहीबार परीक्षा अगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा रद्द गरिएको थियो । आज हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र पनि आउट भएपछि परीक्षा नै स्थगित भएको छ।

परीक्षा रद्द भएपछि आक्रोशित विद्यार्थीहरु प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरेका छन् । कतिपय ठाउँमा प्रहरी र परीक्षार्थीबीच झडप भएको हो। सर्लाहीमा आक्रोशित परीक्षार्थी तोडफोडमा उत्रेपछि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहामा एक परीक्षार्थीलाई प्रहरीले कुटपिट गरेको छ।

suvadin

naima expoTop Changing Nepal

युट्युब सट्स