Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

मन्त्रिपरिषद बैठक सम्पन्न : हावाहुरी पीडितका बारेमा गर्यो यस्तो निर्णय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, १९
मन्त्रिपरिषद बैठक सम्पन्न : हावाहुरी पीडितका बारेमा गर्यो यस्तो निर्णय

काठमाण्डौ । मन्त्रीपरिषद बैठक भर्खरै सम्पन्न भएको छ । पर्सा र बारामा हिजाको हावाहुरीले पुर्याएको प्रभावबारे छलफल गर्न बसेको बैठकले सबै घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन तत्काल आवश्यक तयारी सुरु गरिने नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

त्यसैगरी उद्धार र राहतमा सबै संयन्त्र परिचालन गरिने पनि निर्णय भएको छ । बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई यथोचित बासस्थानको व्यवस्था मिलाउन संघीय सरकारले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स