शल्यक्रियापछि दृष्टिविहीन : क्रिश्चियन संस्थाको शिविरमा ल्याइएका कोरियाली ‘डाक्टर’ को लापरबाही
काठमाडौं २६ चैत ।क्रिश्चियन संस्थाले गरेको निःशुल्क शिविरमा शल्यक्रिया गराउँदा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमेको छ। शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मीको टिम ल्याइएको थियो। तिनले दिएका झोल दबाईमा पनि के लेखिएको छ, बुझिँदैन।
फाल्गुन १३ देखि १५ सम्म राखिएको शिविरमा ७७ जनाको शल्यक्रिया भएको थियो। तीमध्ये अधिकांशमा महिना नबित्दै आँखामा गम्भीर समस्या देखिएको थियो। कर्जन्हा नगरपालिका ८ थल्हा र आसपासमा सोमबार अन्नपूर्ण पोस्ट् पुग्दा ५ जनाको ज्योति गुमेको पाइयो। अन्य गाउँबाट उपचार गराएकाहरूको अवस्था खुल्न सकेको छैन।
ज्योति गुमाउनेमा थल्हाका कलम हुसैन, रामझरी पासमान, देवलाल राउत, गौतारीका गोलियादेवी पासमान र विन्देश्वरी पासवान छन्। उनीहरूले फाल्गुन १५ गते फुलकुमारी महतो मेमोरियल अस्पतालमा भएको शिविरमा मोतिबिन्दुको शल्यक्रिया गराएका थिए।
फुलकुमारी मेमोरियल अस्पतालमा ‘रिचिङ द नेशन’ (आरटीएन) स्कुलले शिविर आयोजना गरेको थियो। त्यसमा अस्पतालको साझेदारी रहेको बताइए पनि उसले ठाउँमात्र दिएको दाबी गरेको छ। आरटीएन स्कुल क्रिश्चियन संस्थाले चलाएको हो। उसले दक्षिण कोरियाबाट ३० जनाभन्दा बढीको टोली शिविरका लागि ल्याएको थियो। त्यसमा विशेषज्ञ चिकित्सक भएको बताइए पनि प्रमाणित हुन सकेको छैन। शल्यक्रियापछि उनीहरुलाई दुई किसिमका झोल औषधी दिइएको थियो। त्यसलाई एक महिनासम्म प्रयोग गर्न भनिएको थियो। औषधीको नाम कोरियाका माषामै छ। उनीहरुको के के जाँच भयो ? शल्यक्रियापछि कुन कुन औषधी दियो ? त्यो उल्लेख छैन। आफूहरुलाई नामदर्ताको पुर्जासमेत नदिएको पीडितले सुनाए।
‘गाउँमा विदेशी डाक्टरबाट निःशुल्क उपचार हुँदैछ भन्ने खुब प्रचार सुनें, त्यसकै भरमा लागेर शिविरमा गएँ,’ हुसैनले भने, ‘निःशुल्क शल्यक्रियाले आँखाको ज्योती नै लग्यो। खेतमा गहुँ कटान गर्नुछ, आँखामा समस्या भएपछि काम गर्न सकेको छैन।’ शल्यक्रिया गराएको ५ दिनभित्रै आँखाको दृष्टिमा समस्या आउन थालेको उनले सुनाए।
ध्येय धर्म प्रचार
शिविर आयोजना गरेका आरटीएन स्कुलमा २ सय ९० विद्यार्थी निःशुल्क पढ्छन्। शर्त छ– अभिभावक क्रिश्चियन हुनुपर्ने। धर्मकै प्रचार स्वरुप स्कुलले शिविर आयोजना गरेको हो। उक्त स्कुललाई ‘गुड पिपुल नेपाल’ नामको एनजिओले आर्थिक सहयोग गरिरहेको छ।
शिविरमा चिकित्सकको लापरवाहीले नभएर विरामी आफै लापरवाही गरेको हुन सक्ने आरटीएन स्कुलका उपाध्यक्ष नागेन्द्र पासमानले दाबी गरे। शिविरका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पनि लिएको उनले बताए। आफुहरु क्रिश्चिन भएपनि स्कुलमा धर्म प्रचारभन्दा सेवाका लागि गरिब विद्यार्थीहरुलाई पढाउने गरेको उनको जिकिर छ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


