हाम्रो पार्टी नै मूलधारको राप्रपा हो : अध्यक्ष राणा
राप्रपा (संयुक्त) ले निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरेको छ । संविधानसम्मत र कानुनी रुपमा नै आफ्नो दललाई मान्यता दिएको भन्दै अध्यक्ष पशुपतिशमशेर जबराले खुशी व्यक्त गरे ।
आयोगले आफ्नो दललाई चुनाव चिन्ह हलो प्रदान गरेको उनको भनाई छ । उनले भने,‘यो असाध्यै पूरानो राप्रपाको पहिचान भयो । यो चिन्ह र झण्डासमेत प्राप्त गरेपछि राप्रपा मूलधार यही पार्टी भयो ।’
पार्टीको वैचारिक सिद्धान्त भने राष्ट्रियता, प्रजातन्त्र र सम्वद्र्धनवादी उदारवाद र प्रगतिशिल आधुनिकीकरण रहेको अध्यक्ष राणाले जानकारी दिए । त्यसको साथै, सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रलाई कायम राख्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र कायम गर्ने पनि आफूहरुको नीति रहेको उनले सुनाए ।
मुलुकमा कायम रहेको क्रियाशिल राजनीतिक शक्तिहरुबीचको बृहत्त सहमतिमा साझा संस्थाको रुपमा दलविशेषभन्दा माथि रहने त्यो पूरानो संस्थालाई राष्ट्र प्रमुखको रुपमा किन स्थापित नगर्ने ? भनि सबै पक्षमा बहसको पैरवी गर्ने पनि उनले सुनाए । त्यस्तै, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिपनि आफूहरुले अवलम्बन गर्ने उनले स्पष्ट पारे ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

