तनहुँमा बस दुर्घटना : ६ जना घाइते
दमौली, १० वैशाख । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा ६ जना यात्रु घाइते भएका हुन् ।
घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, निजकी श्रीमती ४८ वर्षीया कञ्चन मोहरिया, म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने ३० वर्षीया धनकुमार परियार, कपिलवस्तु नगरपालिका–९ बस्ने ३९ वर्षीय रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने ३६ वर्षीय हरिबहादुर छन्त्याल र सोही ठाउँका १० वर्षीय रवि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार बस सडकबाट पाँच फिट तल खसेको थियो । दुर्घटनालगत्तै बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा ४० यात्रु सवार रहेका थिए । रासस
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


