सन्दीपले नेपाली क्रिकेटको चिन्ता गर्दै के भने यस्तो
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल खेलिरहेका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार राति ट्वीट गर्दै सन्दीपले यो मध्यराति आफू नेपाली क्रिकेटका बारेमा सोचेर चिन्तित भएको बताएका छन् ।
‘अहिले मध्यराति भएको छ । म हाम्रो नेपाली क्रिकेटको बारेमा सोचिरहेको थिएँ’ उनले लेखेका छन्, दुःख लाग्दो कुरा हामी निलम्बनमा छौं, तीन वर्ष भयो ।’ नेपाली क्रिकेटलाई राम्रो बनाउनका लागि सोच्ने हो भने हाम्रा लागि प्रतिवद्धता र इमान्दारीता अत्यावश्यक रहेको सन्दीपले भनेका छन् ।
क्रिकेटका लागि नेपाल सरकारको आधिकारिक निकाय नेपाल क्रिकेट संघ क्यानलाई अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसिसीले २०७३ वैशाखमा निलम्बन गरेको थियो । निलम्बन हटाउनका लागि विभिन्न प्रयास भए पनि अहिलेसम्म निलम्बन फुकुवा हुन सकेको छैन् । क्यानभित्रै आपसी विवाद भएपछि आईसीसीले निलम्बन गरेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

