Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

कतारमा बस्ने नेपालीका आफन्तका लागि बिना भिसा कतार घुम्ने अवसर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, २४
कतारमा बस्ने नेपालीका आफन्तका लागि बिना भिसा कतार घुम्ने अवसर

 काठमाडौं । कतारमा कामको लागि गएका नेपालीका आफन्तले बिना भिसा कतार घुम्न पाउने भएका छन् । कतारको राष्ट्रिय पर्यटन काउन्सिलले कतारमा बस्ने विदेशी नागरिकका परिवार र साथीभाइलाई बिना भिसा कतार घुम्न पाउने अवसर ल्याएको हो ।

‘समर इन कतार’ उत्सवका बेला विदेशीहरु त्यहाँ बिना भिसा जान पाउनेछन् । यो कार्यक्रम कतारको पर्यटन काउन्सिलले ३५ अन्य संघ संस्थासँग मिलेर आयोजना गर्दैछ र यो जून ४ देखि अगष्ट १६ सम्म चल्नेछ ।

गल्फ टाइम्सको समाचारमा उल्लेख भएअनुसार कतारमा बस्ने नेपालीका आफन्त र साथीभाइहरु बिना भिसा त्यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रवेश गर्न पाउनेछन् । कतारका नागरिक र त्यहाँ बस्नेहरुले यो उत्सवका बेला आफ्ना आफन्त र साथीभाइलाई ल्याउन वा त्यहीँ बसेर निमन्त्रणा दिइ बोलाउन सक्नेछन् ।  

Top Changing Nepal

युट्युब सट्स