चितवनमा छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एकजना पक्राउ
जानकारी केन्द्र
२०७६, जेष्ठ, १९
जेठ १९, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय नारायण विक रहेका छन् ।
उनलाई शनिबार राति भरतपुर महानगरपालिका–२९ जुगेडीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिनुभयो । विकले शुक्रबार राति छिमेकी ३४ वर्षीया सोममाया कामीलाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारपछि घाइते कामीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका विकलाई सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका विकलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत १८६ बमोजिम ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


