Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, जेष्ठ, २९
वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान

जेठ २९, काठमाडौँ  । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघको फैसलाअनुसार फरार रहेका काठमाडौँ महानगरपालिका–३२ का सुमन देउजालाई मङ्गलबार पक्राउ गरी आज जेल चलान गरेको हो । 

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विनोद बानियाँको जाहेरीका आधारमा एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना ठहर भएर फरार रहेका देउजालाई रानीवनबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका देउजालाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथ देवल पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो । 

naima expoTop Changing Nepal

युट्युब सट्स