Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पानीजहाजमा काम लगाइदिने भन्दै छ करोड ठगी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, असार, ४
पानीजहाजमा काम लगाइदिने भन्दै छ करोड ठगी

काठमाडौँ | महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा‘द एपेरिङक फर्म प्रालि’नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिनुभयो । “पौडेलले सिङ्गारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालीमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । 

पक्राउ परेका पौडेलले काम गर्न जाने लागत रु पाँच लाख र तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको छ करोड ठगी गरेको महाशाखाको दाबी छ । 

महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो । 

naima expoTop Changing Nepal

युट्युब सट्स