Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

विश्व सम्पदा सूचीमा परे २९ नयाँ सम्पदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, असार, २५
विश्व सम्पदा सूचीमा परे २९ नयाँ सम्पदा

विश्व सम्पदा सूचीमा कुल २९ नयाँ सम्पदा सुचीकृत भएका छन् । अजरबैजानको बाकुमा बसेको विश्व सम्पदा कमिटिको ४३ औं सम्मेलनले थप २९ सम्पदालाई सुचीकृत गरेको हो ।

सबैभदा बढी युरोपबाट १५, एशिया प्यासिफिक क्षेत्रबाट दश, अफ्रिकाबाट एक, अरब राष्ट्रहरुबाट दुई र उत्तर अमेरिका र ल्याटिन अमेरिकाबाट एक एक क्षेत्र विश्व सम्पदामा सुचीकृत भएको विश्व सम्पदाको वेवसाइटमा उल्लेख छ ।

योसँगै विश्वका एक सय ६७ देशका ११ सय २१ नयाँ सम्पदा विश्व सम्पदामा सुचीकृत भएका छन् । यसवर्ष सूचीकृत भएकोमा इराकको बेबिलोन सँसारको सातौ आश्चर्यमध्येको एक हो । प्राचीन बेबिलोन शहर विश्व सम्पदा सूचीमा परेपछि यसको ठूलो चर्चा भएको छ । बहराइनको डिल्मुन ब्युरियल मन्डस पनि सूचीमा परेको छ ।

अर्कोवर्ष चीनको फुजुमा ४४ औं सम्मेलन आयोजना हुने तय भएको छ । Photo: worldatllas

naima expoTop Changing Nepal

युट्युब सट्स