१ अर्ब खर्चमा यस्तो नया मन्त्रि निवास बन्दै
काठमाण्डौ । सरकारले ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास सार्ने भएको छ । भैसेपाटीको ९८ रोपनी जग्गामा ४१ वटा आलिसान भवन बनाउँदै मन्त्री निवास सार्ने निर्णय सरकारले गरेको हो । अहिले भइरहेको निवास सन्तोषजनक हुँदा हुँदै पनि ठूलो रकम खर्च गरेर सुविधान सम्पन्न भवन बनाउने निर्णयलाई कतिपयले भने रुचाएका छैनन् ।
नयाँ बन्ने मन्त्री निवास क्षेत्रमा स्विमिङ पुल, हेलिप्याड, जिमखाना, सपिङ महल, कम्युनिटी हल लगायतका सुविधा रहने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । यी भवनहरु यहि विभागले बनाउने छ ।
विभागका विशेष भवन निर्माण संयोजक प्रकिर्ण तुलाधरका अनुसार प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुईबटा प्रवेशद्वार बन्नेछन् । नेपाली परम्परागत शैलीमा बनाइने यी आलिशान भवन अबको दुई वर्ष भित्र बनाइसक्ने विभागको लक्ष्य रहेको शहरी विकास तथा भवन निर्माण विभागका प्रकिर्ण तुलाधरले जानकारी दिए ।
यस क्षेत्रमा बन्ने ४१ वटा भवन मध्ये मन्त्रीका लागि २४ वटा, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि ३ वटा र सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु बस्ने १४ वटा भवन बनाइने छ ।
भवनहरु बनाउनका लागि भैसेपाटीको १२३ रोपनी जग्गामध्ये ९८ रोपनी प्रयोग गरिने छ । जसमध्ये आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् । सरकारले मन्त्रीहरुका लागि सुविधासम्पन्न निवास बनाउन लागेसँगै सर्वसाधारणले भने असन्तुष्टी व्यक्त गरेका छन् ।
शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले यहि गएको असार २० गते र ३१ गते गरेर दुईवटा टेन्डर खोलिसकेको छ । ३० दिनको समय दिएर खोलिएको टेन्डरमा विभिन्न कम्पनीहरुले आवेदन हालेका छन् । टेन्डर पछि प्राविधिक छनोट गर्ने र बाँकी प्रक्रिया पुरा गरेर चाडै नै काम थाल्ने योजना विभागको छ ।
शहरी बिकास तथा भवन निर्माण विभागका अनुसार ९८ रोपनी जग्गामा बन्ने संरचना निर्माणका लागि करीब दुई अर्ब र साँढे २७ रोपनी जग्गामा बन्ने संरचनाका लागि १ अर्ब खर्च लाग्ने छ ।।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


