समलिङ्गीको समस्या असिमित, सरकारले चासो दिएन
काठमाण्डौ । यौनिक तथा लैङगीक अल्पसंख्यक समुदायका व्यक्तिहरुले समाजमा धेरै समस्या भोगिरहेका छन् । केही कानुनी सुधार भए पनि त्यो पर्याप्त नभएको र भएको कानुन प्रचलनमा नआउदा व्यवहारमा समस्या भएको उनीहरुले बताउँदै आएका छन्् ।
नेपालमा समलिङ्गीको संख्या करिब सात लाखको हाराहारीमा रहेको अनुमान छ । समलिङ्गी, तेश्रोलिङ्गीले सरकारले आफूहरुको समस्या समाधानमा सहयोग नगरेको गुनासो गरेका छन् । सहज रुपमा नागरिकता नपाउनेदेखि अवसरबाट बञ्चित हुनु परेको उनीको आवाज छ ।
त्यस्तो विवाहलाई समाजले स्विकारेको छैन । संविधानमा समलिङ्गी, तेश्रोलिङ्गीको बिषय समेटिए पनि ब्यबहारिक रुपमा कार्यान्वयन नभएको मितिनी नेपाल संस्थाको संस्थापक लक्ष्मी घलानको अनुभव छ । सरकारी सेवामा पनि अनावश्यक प्रश्न गर्ने र मेडिकल रिपोर्टसमेत माग्ने गरेकोले समस्यामा पर्ने गरेको उनीहरुको गुनासो छ ।
यस्तै जन्मदा पुरुष पछि महिला भएकी लब्ली गुरुङ आफुहरुलाई समाजमा बस्न त गारो भएको बताउनुहुन्छ । विदेश घुम्न जाँदासमेत विमानस्थल आफूहरुले सास्ती पाएको उहाँको भोगाइ छ । नीति बन्दा पनि महिला र पुरुषको महल मात्रै राखिएकोमा उनीहरुको आपत्ति छ । उनीहरुले रोजगारीमा आरक्षणलगायतमा मागसमेत गरेका छन् ।
नागरिकता, रोजगारी, विवाह, आरक्षण, चुनावी सहभागिता र शिक्षा तथा स्वास्थ्यमा विशेष ब्यवस्था हुनुपर्ने उनीहरुको माग छ । केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले पनि यसबारे प्राथमिकताका साथ समेट्न उनीहरुले आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


