भेटियो चन्द्रमामा विक्रम यान रहेको स्थान
चन्द्रमामा हल्का अवतरण गर्न चुकेको विक्रम यान रहेको स्थान भेटिएको छ । भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इसरोनका प्रमुख के सिभनले विक्रम यान भएको स्थान पत्ता लागेको बताएका हुन् ।
दुरदर्शन टेलिभिजनसँगको कुराकानीमा स्थान पत्ता लागेको र सम्पर्कको प्रयास भइरहेको जानकारी दिए । दुई हप्तासम्म सम्पर्कको प्रयास हुने उनको भनाई थियो । यानमा क्षति पुगेको नपुगेकोबारे सोध्दा उनले त्यसबारे थाहा नभएको जवाफ दिए ।
शनिबार अवतरणको दुई किलोमिटर मात्र बाँकी हुँदा विक्रम यान सम्पर्क विहिन भएको थियो । भारतको चन्द्रमामा यानको सफल अवतरण गर्ने प्रयास विफल भएपछि चिन्ता छाएको थियो ।
गति घटाउँदै अवतरणको क्रममा रहेको चन्द्रयान २ को विक्रम यान सम्पर्कविहिन भएको थियो । इसरोका प्रमुख सिभनले आँसु झारेका थिए । उनलार्य बैगलोरस्थित इसरोको कक्ष पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धाप मारेर धैर्य गर्दै अगाडि बढ्न भनेका थिए ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


