Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

प्रहरीले थमायो ज्ञानेन्द्र शाहीको हातमा पक्राउ पुर्जी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, ३०
प्रहरीले थमायो ज्ञानेन्द्र शाहीको हातमा पक्राउ पुर्जी

काठमाडौं, भदौ ३० । ‘नेपालका लागि नेपाली’ नामक अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई अन्ततः प्रहरीले पक्राउ पुर्जी दिएको छ ।नेपालगञ्ज विमानस्थलमा शनिबार पर्यटनमन्त्री योगेश मन्त्री भट्टराईमाथि विमानभित्रै भएको घटनाबारे जानकारी दिन  आयोजित पत्रकार सम्मेलनबाट आइतबार शाहीलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएको थियो ।

आइतवार दिनभर प्रहरी परिसरमा राखेको शाहीलाई अहिले भने प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै नियन्त्रणमा राखेको छ ।

मन्त्रीसंग अभद्र व्यवहार देखाएको आरोपमा प्रहरीले उनको हातमा पक्राउ पुर्जी थमाई सकेको छ । पक्राउ परेका शाहीमाथि गैरसैनिक हवाई उडान सिभिल एभियसन ऐन २०१५ को ९ क १ को घ बमोजिमको कसुर गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने तयारीमा प्रहरी रहेको छ ।

उक्त दफा बमोजिमको अपराध गर्नेलाई जन्म कैद र त्यस्तो अपराध गर्न उद्योग गर्ने वा मतियार हुनेलाई पन्ध्रदेखि बीस वर्षसम्म कैद हुने कानुनी ब्यबस्था रहेकोछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स