Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

१३ दिनदेखि बेपत्ता महिलाको हत्या नै भएको स्थानीयको अारोप , दोषीलाई कार्यवाहीको माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, २
१३ दिनदेखि बेपत्ता महिलाको  हत्या नै भएको स्थानीयको अारोप , दोषीलाई कार्यवाहीको माग

रबिन्द्र यादव / नवलपरासी पश्चिम

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ रतनगंज की पुजा लोनियाको हत्या गरिएको भन्दै स्थानीयवासीको अारोप छ तर अहिलेसम्म हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । हत्यारालाई कारवाहीको माग गर्दै आइतवार सदरमुकाम परासीमा स्थानियबासीले विरोध प्रर्दशन गरेका थिए । उनीहरुले विरोध र्यालीसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्दैै नाराबाजी समेत गरेका थिए ।

सुस्ता गाउँपालिका ५ की ३० वर्षीय पुजा लोनिया गत भदौ २० गतेदेखि वेपत्ता भएकोमा २४ गते घरभन्दा एक किलोमिटर पर नारायणी नदी किनारमा शव फेला परेको थियो । पुजाका माईती र स्थानीयवासीले भने पुजाको हत्या नै भएको दाबी गरेका छन् । पुजाका श्रीमान र सासुससुरा मिलेर हत्या गरेको पुजाका बुवा रामकिशुन लोनियाले आरोप लगाउनुभएको छ ।

भारतको कुशीनगर जिल्ला खोपा गाउँ माईत भएकी पुजाको सात वर्ष अघि सुस्ता गाउँपालिका–५ रतनगंज निवासी राजाराम लोनियाका छोरा अमिताभ बच्चन लोनियासँग विवाह भएको थियो । घरासयी सम्बन्ध राम्रो नभएका कारण उनको हत्या गरिएको हुन सक्ने स्थानीयवासी भानु प्रताप लोनियाले बताउनुभयो ।

नारायणी नदी किनारमा भेटिएको शव अनुहार चिन्न नसकिने अवस्थाको थियो भने उनले लगाएका कपडाको आधारमा पुजाकै भएको भन्दै साविक पक्लिहवा गाविसका पूर्व उपाध्यक्ष दिनेश यादवले पुजाको हत्या नै गरिएकोले हत्यारालाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न र घटनाको सत्यतथ्य छानविन गर्न माग गर्नु भएको छ ।

त्यसैगरी जुन शव भेटिएको थियोे त्यो शबको हातमा लगाइएको चुरा र नाक कानमा गहना राजाराम लोनियाको अर्को बुहारी उषा देवी लोनियाले निकालेको स्थानीय यादव बताउछन् । रामनगर प्रहरी चौकीका इन्चार्जले लासलाई नदि मै धकेल्न खोजेको स्थानिय बाबुराम हरिजनले अारोप लगाउनु भएका छन् । तर स्थानियको विरोधमा शबलाई पोष्टमार्टनका लागि जिल्ला अस्पताल परासी लगिएको थियोे ।

माइती बाट पुजा संगै अाएकी पुजाको अर्को दस बर्षिय बहिनी रोशनीले जुन दिन दिदी बेपत्ता भएकी थिइन त्यो दिन मैले किरब १२ बजे राति दिदीलाई खोज्न जादा दिदीको ससुराले तिम्रो दिदीको अाएको थियोे तिम्रो दिदी फोन गर्न गएका छिन, तिमी चुपचाप लागेर सुत भनेका थिए रोशनीले बताइन । त्यसपछि मलाई बाहिर बाट ढोका बन्द गरिदिएका थिए रोशनीको भनाइ छ ।

बिहान गाउँ कै एक जनाले अाएर मैले सुतेको कोठाको ढोका खोलेको रोशनी बताउछिन् । नारायणी नदिमा भेटिएको शवको डिएनए परिक्षणका लागि पुजा लोनियाका बुवा रामकिशुन लोनियाले इलाका प्रहरी कार्यालय बेलाटारीमा निवेदन समेत दिइसकेका छन् । उता प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले घटनाको विषयमा आवश्यक अनुसन्धान हुने बताउनुभएको छ । प्रभावकारी र निष्पक्ष छानविन गर्न र दोषि ठहरिय कारवाही गर्न उहाँले जिल्ला प्रहरी कार्यालयलाई निर्दैशन पनि दिनुभएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स