माधव नेपालले बचाउन खोज्दापनि प्रचण्डले मानेनन्, कृष्णबहादुर महरालाई कारबाही !
काठमाडौं, १५ असोज । निवर्तमान संघीय संसदका सभामुख कृष्णबहादुर महरा महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको अभियोगमा मुछिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आश्चर्य तुल्याउने निर्णय गर्यो । नेकपाले महरालाई तत्काल राजीनामा दिन निर्देशन दिने निर्णय गरेपछि उक्त निर्णयको चौतर्फी प्रशंसा र स्वागत भएको छ । कतिपयले नेकपाले महरालाई बचाउँछ भनेर गरेको आशंकाविपरित नेकपा नेतृत्वले कारबाहीको सिफारिश गर्यो ।
महरा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्धलाई लिएर अहिले टिकाटिप्पणी भैरहेको छ । प्रचण्डका अत्यन्तै विश्वासिला र निकट मानिने नेता महरा यस्तो काण्डमा फस्नु प्रचण्डको लागि पनि कल्पनाभन्दा बाहिरको विषय थियो । तर, प्रचण्डले नसोचेकै भयो । महरा जबरजस्ती करणीमा मुछिएको पुष्टि भएपछि प्रचण्ड पनि महरालाई बचाउने पक्षमा उत्रिएनन् । बरु, उनी महरालाई कारबाही गर्नुपर्छ भनेर अग्रपँक्तिमा उभिएको कुरा नेकपानिकट उच्च स्रोतले जानकारी दिएको छ ।
महरालाई राजीनामा दिन निर्देशन दिने निर्णय गर्ने नेकपा सचिवालय बैठकमा महरालाई बचाउनुपर्छ भन्ने पक्षमा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुकमार नेपाल उभिएका थिए । उनले महरालाई सभामुखबाट मात्रै राजीनामा दिन लगाउने विकल्प सुझाएका थिए । नभन्दै, त्यस्तै निर्णय नेकपाले गर्यो । तर, महरालाई सांसद पद नै नरहनेगरि कडा कारबाही गर्न नहुने माधव नेपालको प्रस्ताव नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले ठाडै अस्विकार गरिदिए ।ओली–प्रचण्डले महरालाई सांसदबाट पनि राजीनामा दिन लगाउने निर्णय गर्नुपर्ने अडान लिएका थिए । प्रचण्डले बैठकमा भनेको कुरा उल्लेख गर्दै एक नेताले भने,‘एउटा व्यक्तिको पछि लाग्नुहुँदैन् । गलत गर्ने र आचरणमा नबस्नेलाई कारबाही गर्नुपर्छ ।’
पछिल्लो समय राजनीतिक रुपमा पनि श्रृंखलावद्ध रुपमा हमला भैरहेकोले यो प्रकरणमा महरालाई जोगाउँदा पार्टीको छविमा झन ठूलो धक्का पर्ने महशुस गरेर अध्यक्षद्धय ओली र प्रचण्डले महराको राजनीतिक यात्रामा विश्राम लगाउने निर्णय गरेको नेकपानिकट स्रोतको दाबी छ ।‘महरालाई कारबाही गर्दा पार्टीको हित हुने देखियो, त्यही भएर यसपटक नेतृत्वले अत्यन्तै सराहनीय निर्णय गरेको छ । यो स्वागतयोग्य छ।’–एक नेताले भने । महरालाई कारबाही गर्नुपर्छ र पदबाट राजीनामा दिलाउन ललगाउनुपर्छ भन्नेमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठपनि अग्रपँक्तिमा थिए ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


