मिर्गौला फेल गराउने ७ कारण यी हुन्
शरिरको स्वास्थ्य विग्रनुमा हामीले भाग्यलाई दोष दिन्छौ । तर कहिलेकाँही हामी अस्वस्थ यापन गछौं । रोगबाट बच्ने एउटा महत्वपूर्ण तरिका स्वस्थ हो । जसले हाम्रो आन्तरिक अंगहरुमा समेत नराम्रो असर गर्छ । शरिरको महत्वपूर्ण अगंहरुमध्ये किड्नी प्रमुख अंग हो तथापी शरिरलाई स्वस्थ राख्न सबै अंगको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।
किड्नीले शरिरबाट अनावश्यक चीजलाई फालिदिन्छ । किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साईड इफेक्ट लगायतका कारणले किड्नीमा गम्भीर हानी गर्छ । यस्ता छन किड्नी फेलका सामान्य कारणहरु :
नुनको मात्रा बढी- नियमित रुपमा नुनिला खानेकुरा खादा रगतमा इलेक्ट्रोलाईटको सन्तुलनलाई नियन्त्रण गर्न किड्नीले धेरै काम गर्नुपर्ने हुन्छ ।
अत्यधिक मदिरा- अत्यधिक मात्रमा मदिरा पिउदा रक्त प्रबामा उच्च मात्रामा युरिक एसिड उत्पन्न हुन्छ जसका कारण किड्नीलाई अशर गर्छ र किड्नी फेल हुन्छ ।
पर्याप्त पानी नपिउनु- हामीमध्ये धेरैले प्रर्याप्त पानी पिउन बिर्सन्छौं । एउटा बयस्कले कम्तिमा पनि दिनमा पाँच लिटर पानी पिउनुपर्छ । बालबालिका र युवायुवतीदेखि बृद्धबद्धाले प्रर्याप्त पानी पिउनुपर्छ । पानी कम हुँदा शरिरमा डिहाईड्रेसन हुन्छ । डिहाईड्रेसनले किड्नी स्टेन र किड्नीलाई ड्यामेज गराउछ ।
पिसाब रोक्नु- काममा व्यस्त हुदाँ वा भनेको बेला शौचालय नपाउदा वा गाडीमा यात्रा गर्दा धेरै मानिसले पिसाब रोक्ने गर्छन् । तर यसले किडनीलाई नराम्रो हानी गर्छ । पिसाब जम्मा हुदाँ किड्नीमा व्याक्टेरिया जम्मा हुन्छ, जसका कारण किड्नीमा संक्रमण हुन्छ र बिस्तारै किड्नी विग्रन्छ ।
संक्रमणप्रति अज्ञानता- निश्चित संक्रमण जस्तै भाइरल फ्लु, टन्सिल, पेटसँगसम्बन्धि संक्रमणले कहिलेकाही किड्नीलाई अशर गर्छ ।
अत्यधिक प्रोटिन– शरिरमा अत्यधिक मात्रामा प्रोटिन भयो भने पनि किड्नी फेल हुन्छ ।
पेनकिलरको नियमित प्रयोग- नियमित रुपमा पेनकिलर खाँदा किड्नीमा रगतको प्रबाहलाई सिमित गरिदिन्छ र किड्नीमा दिर्घकालिन असर गर्छ । एजेन्सी ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

