Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

२०७६ असोज २९,बुधबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, २८
२०७६ असोज २९,बुधबारको राशिफल
चन्द्रराशि– मेष, २०:४० बजेउप्रान्त वृष,सूर्योदय– ६:०५ बजे, सूर्यास्त– १७:३३ बजे र दिनमान २८ घडी ० पला। सर्वार्थसिद्धि योग १४:२१ देखि १७:०३ बजेसम्म र २९:१९ बजेपछि।

जय गुरु देव !! जय श्री हरि !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको – पञ्चाङ्ग
वि.सं. २०७६ असोज २९, बुधबार, इ.स. २०१९ अक्टोबर १६, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, तृतीया, २९:१९ उप्रान्त चतुर्थी, नक्षत्र– भरणी, १४:२१ बजेउप्रान्त कृत्तिका, योग– वज्र, ६:०९ बजेदेखि सिद्धि, २९:३३ बजेउप्रान्त व्यतीपात, करण– वणिज, १७:०३ बजेदेखि भद्रा, २९:१९ बजेउप्रान्त वव, आनन्दादिमा काण योग, चन्द्रराशि– मेष, २०:४० बजेउप्रान्त वृष,सूर्योदय– ६:०५ बजे, सूर्यास्त– १७:३३ बजे र दिनमान २८ घडी ० पला। सर्वार्थसिद्धि योग १४:२१ देखि १७:०३ बजेसम्म र २९:१९ बजेपछि।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असोज ३०, बिहीबार, इ.स. २०१९ अक्टोबर १७, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलागा, कार्तिक कृष्णपक्ष,चतुर्थी, २९:२७ उप्रान्त पञ्चमी, नक्षत्र– कृत्तिका, १५:२४ बजेउप्रान्त रोहिणी, योग– व्यतीपात, २८:३२ बजेउप्रान्त वरियान्, करण– वव, १७:२७ बजेदेखि वालव, २९:२७ बजेउप्रान्त कौलव, आनन्दादिमा लुम्ब योग, चन्द्रराशि– वृष, सूर्योदय– ६:०५ बजे, सूर्यास्त– १७:३२ बजे र दिनमान २८ घडी ६ पला। आश्विन मसान्त।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ, कसैलाई धन दिनु पर्ने भयमा दुर्गा माता सम्झेर दिनु होला,प्रेम सम्बन्ध र बैबाहिक सम्बन्ध पनि राम्रो देखिन्छ,आजको शुभ अंक १ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेम सम्बन्ध र बैबाहिक राम्रो हुनेछ,सरकारी क्षेत्रमा केहि कुराको कोशिस गर्दै हुनुहुन्छ भने राम्रो हुने खालको योग छ,धनसम्पति लाभ हुने देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
बौद्धिक कार्यबाट हुने सफलता कायम रहनेछ,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,व्यापार व्यावशाय राम्रो हुनेछ,प्रेम सम्बन्धमा सानो बाधा आउनसक्छ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भेटघाटमा भ्रमणको सम्भावना रहेको छ,गौरीशंकर रुद्राक्ष लगाउनु होला,बैबाहिक सम्बन्धमा खासै राम्रो देखिदैन,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना छ,आजको शुभ अंक ९ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
खेलकुद र कलाकारीता को क्षेत्रमा सफलता हुने देखिन्छ,आमा पिता नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ, धनसम्पति फस्नेखालको योग छ,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रेम सम्बन्धमा सोचेभन्दा बढि सफलता मिल्ने देखिन्छ,विदेशसँग सम्बन्धित कार्य राम्रो हुनेछ,यदि कसैलाई धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बिदेश जान चाहानेहरुको लागि यो साता राम्रो देखिन्छ,स्वास्थ्य पनि राम्रो रहनेछ,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, दुर्घटनाको सम्भाव्य रहेको छ,आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
फलदायी समय रहनेछ,सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,राति सुत्दा नराम्रो सपना देख्न सकिने हुँदा दक्षिण सिरानी गर्नुभयो भने राम्रो हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य असफल हुने देखिन्छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बिचार पुर्याउनुहोला,स्वास्थ्य पनि राम्रो हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले -विवाद बढ्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,विदेश यात्रा,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ,कुनै नकारात्मक चिजहरु हुँदैन,प्रेम सम्बन्धमा भने सानो बाधा आउन सक्ने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

https://www.youtube.com/watch?v=cW66THXtmuw

naima expoTop Changing Nepal

युट्युब सट्स