साउदीमा कार्यरत नेपालीलाई कम्पनी नछाड्न दूतावासको अनुरोध
काठमाडौं | साउदीस्थित नेपाली दूतावासले साउदीमा कार्यरत नेपालीलाई आफूखुसी कार्यरत कम्पनी नछाड्न आग्रह गरेको छ। पछिल्ला दिनमा भने अनुसारको काम र सुविधा नपाउँदा कम्पनी छाड्नेको संख्या बढेको भन्दै रियादस्थित नेपाली दूतावासले सूचना जारी गरेर सचेत गराएको हो।
साउदी पुगेको केही दिनमै कम्पनी राम्रो नरहेको, मेसको खाना मन नपरेको, भने अनुसारको सुविधा नदिएको, मेडिकल नगरेको, विरामी हुँदा कम्पनीले उपचार नगरेको, जस्ता कारण देखाउँदै कम्पनी छाड्ने क्रम बढेको दूतावासले जनाएको छ। यसरी काम छाड्दा समस्या थपिने र मालिकलाई मात्रै बलियो बनाउने भएकाले काम नछाडि वास्तविक समस्या दूतावासमा राख्न आग्रह गरेको छ। समस्या पर्दा नेपालमा म्यानपावरका प्रतिनिधिले भनेको कुरा नभई सम्झौतापत्र आधिकारिक हुने भएकाले सम्झौतापत्र राम्रोसँग हेर्न दूतावासले भनेको छ।
गत वर्षको तुलनामा चोरीका घटनामा संलग्न भएर वा आरोप लागेर जेल पर्ने र ठूलो धनराशी कम्पनीलाई बुझाउनु परेका घटना बढिरहेको दूतावासको जनाएको छ। यस्ता कार्यमा संलग्न नहुन र एटिएम वरपर लामो समय नबस्न जानकारी गराइएको छ।
लामो समयसम्म कार्यरत नेपालीलाई केही कम्पनीले स्वदेश फर्किने बेलामा सेवा सुविधा नदिने, महिनौसम्मको तलब नदिने, अकमा(परिचयपत्र) नवीकरण नगरिदिने लगायतका समस्या परे साउदीको श्रम कार्यालयमा निवेदन दिन र त्यसको जानकारी दूतावासमा गराउन भनिएको छ।
यस्तो सुविधा दिलाउन समय लागे पनि सुविधा प्राप्त हुने बताएको छ। साउदीमा रहँदा त्यहाँको कानुनको पालना, धर्म संस्कृति र परम्पराको सम्मान गर्न आग्रह गर्दै आलोचना गरेर सामाजिक सञ्जालमा नराख्न भनिएको छ।कामको बेलामा समस्या परे दूतावासले टेलिफोन गरि वास्तविक कुरा जानकारी गराउन दूतावासले अनुरोध गरेको छ।
https://www.youtube.com/watch?v=qf8MXN3ek0Q
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


