नवलपरासी पश्चिमको गुठी परसौनीमा भेटिएको बेवारिसे शबको सनाखत
रबिन्द्र यादव / नवलपरासी पश्चिम २९
असोज नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनी स्थित नेपाल बाधको नालामा अन्दाजी ३५/४० बर्ष उमेर भएको एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार उक्त व्यक्तिको सनाखत सुस्ता गाउँपालिका वडा नं ५ बेलवानी बस्ने राजकुमार डोमको रुपमा भएको छ ।
मृतकाका छोरी, दाइ, भाइ र अाफन्तले राजकुमार कै लाश भएको दाबी गरेको प्रहरीको भनाइ छ । शबको मुचुल्का उठाएर पोस्टमार्टमको लागि परासी पठाइएको छ । मृतकको टाउकोमा धारिलो हतियारले प्रहार गरेको ठूलो घाउको निशान देखिएको छ ।
बिहान भैंसी चराउन अाएका स्थानीयले नेपाली बाधको दक्षिणी दिसा तल साइडमा एउटा भारतीय प्लेट युपी ५७ जेड ६१ ५२ नम्बरको मोटरसाइकल ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अाएपछि घटनास्थललाई घेरा गरि व्यक्ति लाई खोजी गर्दा मोटरसाइकल ढलेको देखि बाधको उत्तर दिशाको एक सय मिटर टाढा नेपाल बाधको ड्रेन नालामा तैरीरहेको अवस्था एउटा शव फेला परेको थियो ।
प्रहरीले डोमको गैराति नै हत्या गरेर फालिएको हुन सक्ने अाशांका गरेको छ यसबारे थप अनुसंधान भइरहेको जानाएको छ । मृतका जेठी छोरी डुगिया डोमको भनाइ अनुसार बुवा अस्ति नया भारतीय प्लेट नम्बर भएको नया मोटरसाइकल किनेका थिए र त्यही मोटरसाइकलको बिलबुक लिन म संग सय रुपैया मागेर दिउसो १२ बजे हिडेका थिए तर बिहान सम्म नअाउदा चिन्ता भएको तर बिहान दस बजे प्रहरीले बुवा संग भेटिएको मोबाइलको अाधारमा मेरो घरमा प्रहरी पुगेको थियोे र मलाई लिएर अाएर लास चिन्दा मेरै बुवाको मोटरसाइकल , चप्पल , रुमाल , हेलमेट , कपडा लगायतको समान भएको चिनेको उनले भनिन् । नालाबाट लास झिकिपछि पनि छोरीले चिनेका थिइन । मृतका दुई छोरा दुई छोरी रहेका छन भने श्रीमती भने अन्तै कहाँ गएको अहिलेसम्म थाहा नभएको छ गुडियाले भनिन ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


