नवलपरासीमा आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जना पक्राउ
कात्तिक १०,परासी । आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुस्ता गाउँपालिका–२ कुडियास्थित मुस्लिम समुदायको चिहानघाट (कब्रिस्तान) मा तारबार गर्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो ।
विवादको क्रममा घरेलु हतियार प्रयोग गरी घाइते बनाउने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा पाँच जना घाइते भएका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय अब्बास अन्सारी, ३७ वर्षीय अनुहर अलि र २५ वर्षीय निसाद अहमद रहेका छन् । कब्रिस्तानको जग्गा संरक्षण गर्न भन्दै स्थानीयवासीले तारबार गर्न लाग्दा स्थानीय अब्बास अन्सारीले रुख काटेको विषयलाई लिएर झगडा शुरु गरेका थिए । उक्त जग्गा अन्सारीले जालसाझी गरेर आफ्नो बनाएको गाउँलेको आरोप छ भने अन्सारीले उक्त जग्गा आफ्नै भएको दाबी गरेका छन् ।
दुई पक्षबीच झगडा शुरु भएपछि अन्सारी पक्षले घरेलु हतियार प्रयोग गरेको स्थानीयवासीले बताएका छन् । सो क्रममा घाइते भएका पाँच जनाको अहिले भैरहवा यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई अहिले इलाका प्रहरी कार्यालय बेलाटारीमा राखी अनुसन्धान भइरहेको र सार्वजनिक बिदा सकिएपछि आवश्यक कारवाही अघि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


