भारतले ल्याएको नयाँ नक्शा अस्वीकार-सरकारका प्रवक्ता बास्कोटा
काठमाडौं, २१ कात्तिक । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले ल्याएको नयाँ नक्शालाई सरकारले अस्वीकार गरेको बताएका छन् । बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै भारतले एकपक्षीय रुपमा राजनीतिक नक्शा जारी गरेकाले अस्वीकार गरिएको बताएका हुन् ।
‘एकपक्षीय रुपमा जारी राजनीतिक नक्शा अस्वीकार गर्छौं,’ बास्कोटाले भने, ‘समस्याको समाधान गर्न कुटनीतिक तथा राजनीतिक तहबाट कदम चाल्ने सरकार प्रतिवद्ध छ ।’ कालापानीमा मात्र सीमा समस्या नभएको भन्दै सबै समस्या समाधानका लागि सरकार गम्भीर भएको बताए ।
ऐतिहासिक तथ्यले पनि कालापानी नेपालको भएको प्रमाण रहेको भन्दै २०१८ सालमा त्यस क्षेत्रमा जनगणना समेत भएको उल्लेख गरे । देशको रक्षा, अधिकारको सम्मान र स्वाधीनताको रक्षा गर्ने सवालमा सरकार सदा गम्भीर भएको बताए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

