बौद्धमा गुण्डा नाईके लामालाई गोली प्रहार
पुष २७, काठमाडौँ | काठमाडौंको बौद्धमा गोली चलेको छ । फरार रहेका गुण्डा नाइके विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि लामा भाग्न खोजेका थिए । सोहि क्रममा प्रहरीले उनीमाथि गोली चलाएको हो ।
विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई भेटेको थियो । लामा भाग्न खोजेपछि उनलाई प्रहरीले घुँडामुनि गोली हानेको हो ।
प्रहरीले उनलाई उपचारको लागि वीर हस्पिटल पठाएको छ । सिन्धुपाल्चोक घर भएका लामाले पछिल्लो पटक जोरपाटीमा एक बालिकालाई चिर्पट हानेर हत्या गरी फरार भएका थिए । त्यस्तै जोरपाटीस्थित नेपाल मेडिकल नजिकै एक जनालाई खुकुरी हानेर घाइते बनाएको आरोप पनि उनीमाथि छ ।
त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।
लामाले काठमाडौंको जोरपाटी आसपास आधार क्षेत्र बनाएर विभिन्न व्यक्तिहरुसँग चन्दा संकलन गर्ने र धम्की दिँदै आएको पनि प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


