ललितपुर महानगरपालिकाद्धारा बिना स्वीकृति अनाधिकृत रुपमा कर नतिरी राखेको बिज्ञापन बोर्ड हटाउन शुरु
जानकारी केन्द्र
२०७६, माघ, १३
ललितपुर। ललितपुर महानगरपालिका आर्थिक विकास समितिको निर्णय अनुशार महानगरपालिकाको क्षेत्रभित्र अनाधिकृत रुपमा कर नतिरी बिना स्वीकृति राखिएको बिज्ञापन बोर्ड हटाउने अभियान सुरु गरिएको छ ।
मंसिर २५ गते सूचना प्रकाशित गरी महानगरले अनाधिकृत रुपमा स्वीकृत नलिई राखिएका डिजिटल बोर्ड, होडिङ्ग बोर्ड , फ्लेक्स बोर्ड, ग्लोसाईन बोर्ड परिचय पाटीलाई व्यवसायीक प्रचार सामग्रीको विज्ञापन गरेबापत कर दाखिला गर्न १५ दिने सूचना प्रकाशित गरेको थियो ।
समय तोकि पत्राचार गर्दा पनि अटेर गरी बसेका बिज्ञापन बोर्डहरु क्रमिक रुपमा हटाउने अभियान शुरु गरिएको महानगरपालिकाको राजश्व प्रशासन महाशाखाले जनाएको छ । आज कुपण्डोल क्षेत्रमा रहेका विज्ञापन बोर्डहरु हटाईएको छ ।

सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


