Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आयल निगममा २२ पदकालागि ४८ जना कर्मचारी माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, माघ, १४
आयल निगममा २२ पदकालागि ४८ जना कर्मचारी माग

काठमाडौं। नेपाल आयल निगमले विभिन्न २२ पदमा ४८ जना कर्मचारी माग गरेको छ। निगमले  लोकसेवामार्फत रिक्त रहेको पदपूर्तिको लागि शुक्रबार एक सूचना जारी गरी कर्मचारी माग गरेको हो।

निगमले प्राबिधिक तथा अप्राविधिक दुबै तर्फका लागि कर्मचारी माग गरेको छ।  प्रशासन, लेखा, ल्याब, इन्जिनियरिङ र विविध समुह तर्फ कर्मचारी माग गरेको हो। निगमले खुला, महिला, मधेशी, पिछडिएको क्षेत्र, दलित र जनजाति कोटामा बिज्ञापन गरेको छ।

निगमले पाँचौं तह वरिष्ठ सहायकदेखि प्रबन्धक आठौं तहसम्मको बिज्ञापन गरेको छ। खुलातर्फ १९ जना, मधेशी ६ जना, महिला १५ जना, पिछडिएको क्षेत्रका २, आदिबासी जनजाती तर्फ ४ जना, दलित समुदायका २ जना गरी जम्मा ४८ जना कर्मचारीमाग गरेको हो।

Top Changing Nepal

युट्युब सट्स