Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

महिला प्रहरीले प्रेम प्रस्ताव अस्वीकार गर्दा उनकै पेस्तोल खोसेर गोली प्रहार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, फाल्गुन, २
महिला प्रहरीले प्रेम प्रस्ताव अस्वीकार गर्दा उनकै पेस्तोल खोसेर गोली प्रहार

काठमाडौं, फागुन २ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफ्नै पेटमा गोली हानेका छन् ।

महोत्तरी घर भई हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत २४ बर्षिय प्रहरी जवान चन्द्रकिशोर रायले आफैंलाई गोली हानेका हुन् । प्रेमिकालाइै गरेको प्रस्ताव अस्विकार भएपछि उनले आफ्नै पेटमा गोली हान्दा सख्त घाइते भएका हुन् ।

घाइते जवानको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लागेको  सिन्धुुली प्रहरीले जनाएको छ ।

उनले आज विहान एक महिला प्रहरीलाई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि उनकै पेस्तोल खोसेर आफ्नै पेटमा गोली हानेका थिए । घटनाबारे  अनुसन्धान सुरु भएको समेत प्रहरीले जनाएको छ।

https://www.youtube.com/watch?v=sigL0QI3TJE

naima expoTop Changing Nepal

युट्युब सट्स