ग्यासको अभाव छ ? नागरिकता लिएर गए यहाँ पाईन्छ (सम्पर्क नम्बरसहित)
काठमाडौं, चैत १२ । खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि सरकारले आइतबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरसका कारण अभाव हुन सक्ने डरमा उपभोक्ताले अधिक संग्रह गर्न थाल्दा अहिले ग्यास डिपोहरुमा ठूलो लाइन लागेकाले सहज होस् भन्नका लागि थप केन्द्रबाट बिक्री गर्न लागिएको हो ।
थप बिक्री केन्द्रहरु,
१ नेपाल र तारा ग्यास– बालाजुको बीएमसी कर्नर, अनामनगरको अनामनगर स्टोर र सातदोबाटोको एन।एस स्टोरबाट
२ सागर र चण्डी ग्यास– जडीबुटी बिक्री डिपोबाट
३ एसटीसी ग्यास– कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेशन, जडिबुटी गोदाम र सतुङ्गलबाट
४ ओम ग्यास– थलीको आदर्श स्टोर र नैकापको उत्सव खड्का स्टोरबाट
५ बाबा, श्री र लुम्बिनी ग्यास– कपनको भद्रा फ्युल र धुम्बाराहीको एलाइट सिल अगाडिबाट
६ एचपी ग्यास– असिम किचेन एण्ड सप्लायर्स
७ सिद्धार्थ ग्यास– इमाडोलको केसी एलपी सप्लायर्सबाट
८ श्रीमाया ग्यास– सतुङ्गलको डिपोबाट
९ लोकप्रिय ग्यास– नैकापको भाञ्जा ट्रेडर्सबाट
१० राजधानी ग्यास– सीतापाइलामा रहेको डिपोबाट
११ सूर्य ग्यास– जगातीमा रहेको जोशी भिमसेन स्टोरबाट
१२ गीता ग्यास– धुम्बाराहीको टोयटा शो रुम अगाडिबाट
१३ हिमाल ग्यास– भगवती वहालको प्रयास ट्रेडर्सबाट
१४ नमस्ते ग्यास– कागेश्वरी मनहराको कुमार स्टोरबाट
१५ भानु ग्यास– गोङ्गबुको लिला ग्यास डिपोबाट
१६ एभरेस्ट र सुगम ग्यास– सिफलको ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट
१७ श्रीराम ग्यास– हरिसिद्ध ललितपुरको श्रीराम ग्यास
१८ मनोज सप्लायर्सले सानेपाको सुमन सम्राट र न्यू नविन स्टोरबाट

नेपाल आयल निगमले ग्यास उद्योग संघसँगको सहकार्यमा काठमाडौं उपत्यकाका २५ ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गर्न लागेको हो । निगमले ग्याँसको आयात पर्याप्त रहेकोले आवश्यकताभन्दा धेरै ग्याँस सञ्चित नगर्न पनि आग्रह गरेको छ । माग बढेकैले निगमले थप १५ हजार टन ग्याँस माग गरेको पनि जनाएको छ ।
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

