ठुलो संख्यामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित १० हजार नाघ्यो, औपचारिक जानकारी आउँदै
जानकारी केन्द्र
२०७७, असार, ९
काठमाडौं, ९ असार । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार नाघेको छ । आज पनि सयौंको संख्यामा कोरोना संक्रमित थपिएपछि कुल संक्रमित १० हजार नाघेको बुझिएको छ । यसको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्हको नियमित पत्रकार ब्रिफिङमा दिनेछ ।
पछिल्लो समय दिनहुँ ३ देखि ६ भन्दा बढी कोरोना संक्रमित बढिरहेका छन् । योसँगै नेपालमा नसोचेको संक्रमित संख्या पुग्ने आँकलन गरिएको छ ।
यसअघि हिजो संक्रमित संख्या ९ हजार ५ सय ६१ पुगेको थियो । हिजो ५ सय ३५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।
कुल संक्रमित मध्ये ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ पुरुष छन् । ७६ जिल्लामा संक्रमित भेटिएका छन् । अब रसुवामा मात्र संक्रमित भेटिएका छैनन् । हालसम्म २३ जनाको संक्रमणबाट मृत्यु भएकोमा १८ पुरुष र ५ महिला छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

