साउन- १९, सोमवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सवारी साधन चलाउँदा संयमित रहनुहोला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला, आजको शुभ अंक २ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
भाग्यले साथ दिनेछ,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
विशिष्ट नयाँ काम गर्ने मौका छ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ३ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
व्यावसायिक काममा खर्च बढ्नेछ,झुटा आरोप पनि लाग्नेछन्,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,मानसम्मान मिल्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,खानपिनमा सजग रहनु होला,आजको शुभ अंक ५ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ४ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,अलंकार आदि उपहार पाइने योग छ,
आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
नाक तथा घाँटीमा समस्या आउला ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,
आजको शुभ अंक १० रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
अप्रिय समाचारले दुःखी बनाउन सक्छ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,आजको शुभ अंक ६ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
अधुरा काम सम्पादन गर्न सकिनेछ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आफन्त बीच अविश्वास बढ्ला,
आजको शुभ अंक १ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो

