दुई हप्ता लकडाउन गर्न सरकारलाई विज्ञहरूको सुझाव
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को वस्तुस्थितिबारे विज्ञहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलएर ओलीले विज्ञहरुसँग परामर्श गरेका हुन् ।
उक्त छलफलमा सहभागी एक विज्ञले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार विज्ञहरुले कम्तिमा दुई साता लकडाउन लगाउन सुझाव दिएका छन् । र, उनीहरुको सुझावप्रति प्रधानमन्त्री ओलीपनि सकारात्मक छन् ।
परामर्शमा संसदमा विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि परामर्शमा सहभागी छन् ।
छलफलमा सहभागी देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारसमक्ष आग्रह गरेका छन् । उनले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिएका हुन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


