एअर अरेबियाले सस्तोमा काठमाडौँको लागि नियमित उडान भर्दै, कति छ टिकट मूल्य ?
यूएई | एअर अरेबियाको आबुधाबी–काठमाण्डौ उडान सस्तोमा हुने भएको छ । एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि सातामा चार उडान गर्ने भएको छ ।एयरलाइन्सले एकतर्फी उडानको न्यूनतम भाडादर २ सय १६ डलर अर्थात करिव २५ हजार पाँचसय रुपैयाँ तोकेको छ । यो शुल्क अहिले सबैभन्दा सस्तो हो ।
एयरलाइन्सको उडान तालिका एअरबस ए ३२० मार्फत सोमबार, बुधवार, शुक्रबार र शनिबार बिहान ९ बजे काठमाण्डौका लागि उड्नेछ । र सोहि दिन दिउँसो ३ बजे नेपाल अवतरण भई त्यसै दिन ३:४५ मा आबुधाबी फर्कनेछ ।
उक्त उडानममा यात्रा गर्नेहरुले उडान हुनुभन्दा बढीमा ७२ घण्टा भित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट लिनुपर्छ । युएईको आबुधाबीबाट एअर अरेबियाले सस्तोमा उडान भर्ने भएपछि नेपालका एयरलाइन्सलाई पनि सस्तोमा टिकट दिन दवाब बढ्ने भएको छ ।
सस्तोमा उडान भर्ने भएपछि युएई जान चाहने वा युएईमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन सहज हुने भएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


