आकर्षक उपहार सहित आठराईमा एपोलो पेन्ट्स विक्रीवितरण शुरु
तेह्रथुम, कार्तिक १९ ।। नेपालमा सर्वाधिक रुचाइएको नेपाली ब्रान्डको भरतपुर चितवनमा उत्पादित एपोलो पेन्ट्सले तेह्रथुम जिल्लाको आठराई गाउपलिका स्थित संक्रान्ति बजारमा बिक्रीवितरण सुरुवात गरेको बताईएकोछ । आठराईमा एक कार्यक्रको आयोजना गरि तेह्रथुमको आठराइ संक्रान्ति बजारमा संचालित सम्बृद्धि स्टोर मार्फत आफ्नो ब्रान्डका बिभिन्न प्रकारका रंगहरु विक्री वितरण सुरु गरिएको एपोलो पेन्ट्सका मेची डिपो प्रमुख डिल्ली राम कोइरालाले बताउनुभएको छ । परीक्षण अवधिमै ग्राहक हरुको राम्रो प्रतिक्रिया पाइएको तथा ग्राहक हरुले रुचाउदै आएको सन्दर्भमा आफ्नै तालिम प्राप्त पेन्टर मार्फत ग्राहकहरुको आवश्यकता अनुशार रंगरोगन गरिदिने व्यवस्था रहेको साथै सहज सरल रुपमा आवश्यकता अनुशारका रङ रोगन उपलब्ध गराइने हुनाले यस क्षेत्रको लागि एपलो पेन्ट्स नै रोजाइएको पेन्ट्स परेको कारण आफुले विक्रिवितरण सुरु गरेको तथा एपोलो पेन्ट्स प्रयोग गरेपछी आफ्ना ग्राहकहरु सन्तुष्ट हुने अपेक्षा लिईएको सम्वृद्धि स्टोरका संचालक चेतन गौतमले बताउनु भएको छ ।
एपोलो पेन्ट्सको बारेमा थप स्पस्ट पार्दै एपोलो पेन्ट्सका इलाम स्थित सूर्योदय नगरपालिका फिकल शाखा प्रमुख उद्धव तिमल्सिनाले नेपाल सरकार द्वरा गुणस्तर मान्यता प्राप्त स्वदेशी उत्पादन भएको कारण यस कम्पनीका रंगहरु अत्यधिक रुचाइने गरेको पाइएको बताउनु भएको छ । यस्तै एपोलो पेन्ट्सका झापा स्थित सनिश्चारे अर्जुनधारा शाखाका प्रमुख घनश्याम घिमिरेले ७ देखि १० वर्ष सम्म वारेन्टी तथा सवै प्रकारको मौषममा उपयुक्त हुने कलरहरु एपोलो पेन्ट्सले उत्पादन गर्ने भएको कारण यस कम्पनिका रंगहरु प्रति ग्राहक हरुको विश्वशनीयता बढ्दै गएको बताउनुभएको छ ।

मेची डिपो प्रमुख डिल्लीराम कोइरालाले कम्पनीको सुबिधाको बारेमा थप स्पस्ट पार्दै रु २५ हजार सम्मको रंग खरिद गर्ने ग्राहकहरुलाई चाडवाडको उपलक्ष्यमा अधिकतम विक्रीमुल्यमा विशेष छुटको व्यवथा रहनुका साथै १ लाख मूल्य बराबरको उच्चकोटीको रंग खरिद गर्ने ग्राहक हरुको लागी कम्पनीको तर्फ बाट निशुल्क डिजाइन गरिदिने व्यवस्था रहेको बताउनु भएको छ । उक्त कार्यक्रमको संचालन मनिष ओझाले गर्नु भएको थियो भने कार्यक्रममा पेन्टर तथा ग्राहक प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

