सिमेन्टले भरिएको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको मृत्यु
जानकारी केन्द्र
२०७७, फाल्गुन, २६
काठमाडौं, फागुन २६ । भैरहवाबाट सिमेन्ट बोकेर काठमाडौंका आईरहेको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको ज्यान गएको छ । पृथ्वीराजमार्गको बेनीघाटबाट लु१ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो। मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन् ।
दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

