‘प्रधानमन्त्री बन्न लालयित छैन, टाउकोमा आए भाग्दिनँ’
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्नकै लागि लालयित नभएको तर जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय तरुण विभागको आयोजनामा चितवनमा भएको युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री बन्न लालायित छैन टाउकोमा आयो भने भाग्ने वाला नि छैन ।’ कार्यक्रममा सभापति देउवाले जनता नै सबैभन्दा ठूला मालिक भएका र सम्पूर्ण फैसलाको अधिकार पनि उनीहरूसँगै भएको पनि स्पष्ट पारे । त्यसका लागि पार्टीको आन्तरिक मतभेदलाई त्यागेर कार्यकर्ताहरूलाई अघि बढ्न पनि सुझाव दिए ।
कांग्रेस मिलेर गएमा अबको चुनावमा कांग्रेसलाई दुईतिहाइ ल्याउन कसैले रोक्न नसक्ने पनि उनले दाबी गरे । कार्यक्रममा उनले पार्टीले जनताको मन जित्न कार्यकर्ताहरूलाई जनताको घर-घरमा पुग्न, सुख दुखमा साथ दिन तथा जनताको काम गर्न पनि अह्राए । नेता कार्यकर्ताले कम्तीमा पनि वर्षको तीन पटक जनताको घरमा जानुपर्ने अनि मात्र जनताले पार्टीलाई चुनावमा जिताउने उनले विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


