केपी ओलीको राजावादीसँग साँठगाँठ भन्दै नेता नेपालले दिए यस्तो सन्देश
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको लडाइँमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने सन्देश दिएका छन् । उनले आफू पार्टीमा विकसित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्तालाई पनि उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन आग्रह गरे ।
मंगलबार आफू निकट अनेरास्ववियुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले कुनैपनि काममा सफलता पाउन इमान्दारीता र समपर्णभाव आवश्यक रहेको भन्दै आफू त्यसको पक्षमा रहेपनि अध्यक्ष ओली त्यस विपरीत हिँडेको र कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनको दिशामा लगिरहेका बताए ।
उनले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले विद्यार्थीहरुलाई पढ्नु हुदैन भनेर सिकाउने गरेको पनि बताए । उनले आफ्नो पक्ष र केपी ओलीबीच खराव र असल छुट्याउन आग्रह गरे । उनले केपी ओलीले खराव कुरामात्र सिकाउने गरेको भन्दै आफूहरुले असल कुरा सिकाउने गरेको बताए ।
केपी ओलीले राजावादीसँग साँठगाँठ गर्ने गरेको आरोप लगाउँदै नेपालले राजतन्त्र कुनै हालतमा फर्कन नदिने प्रतिवद्धता पनि जनाए । उनले राष्ट्रिय राजनीतिको नाडी समाउन नसक्ने पार्टीहरू इतिहासमा सीमित हुने भन्दै कतिपय देशमा कम्युनिस्ट पार्टीहरु पनि अवशान भएको बताए ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


