Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

काठमाडौं उपत्यकामा ९९ सहित देशभर १७६ नयाँ सङ्क्रमित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, २२
काठमाडौं उपत्यकामा ९९ सहित देशभर १७६ नयाँ सङ्क्रमित

काठमाडौं: नेपालमा कोरोना भाइरसका १७६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ४५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । काठमाडौं उपत्यकामा ९९ सङ्क्रमित थपिएका छन् । काठमाडौमा ८७, ललितपुर ८ र भक्तपुरमा ४ जना सङ्क्रमित थपिएका छन् । हालसम्म दुई लाख ७३ हजार २४० जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स