कसरि मारिए कुमार घैटे ? जवाफी फायरमा -प्रहरी, नियोजित -जगदिश नरसिंह
नेपाल प्रहरी
नेपाल प्रहरी ले जानकारी केन्द्रलाइ बताए अनुसार कुमार घैंटे यसरी मारिएका थिए
महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीमाथि काठमाडौं महानगरपालिका रानीबारीमा आक्रमण भएपछि प्रहरीले प्रतीकारमा चलाएको गोली लागी बिहिबार काठमाडौं महानगरपालिका–२९ सामाखुशी बस्ने ३८ वर्षीय कुमार घैंटे भन्ने कुमार श्रेष्ठको त्रि.बि.बि. शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सर्बेन्द्र खनालसमेतको टोलीलाई सामाखुशी बस्ने घैंटे तथा उनका सहयोगी २५ वर्षीय राज महर्जन र ३१ वर्षीय सुरेन महर्जनलगायतले एक्कासि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा तीनैजना घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारको लागि शिक्षण अस्पताल पु्र्याएकोमा थियो उपचारकोक्रममा कुमारको मृत्यु भएको हो । राजधानीमा अवैध चन्दा असुली र गुण्डागर्दीमा संलग्न रहेकाे अारोपमा कुमारलाई प्रहरीले खोजी गरिरहेको थियो ।
ढुंगा प्रहारबाट प्रहरी सहायक निरीक्षक द्वय रन्जित लामा तथा बालकृष्ण सञ्जेल र प्र,हरी जवान हेमन्त चन्द घाइते भएका छन् । उनीहरुको बीर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
जगदिश नरसिंह
कांग्रेस नेता जगदीश नरसिंह केसीले गृहमन्त्रीको सिधा आदेशमा प्रहरीले कुमार श्रेष्ठ घैंटेमाथि गोली हानेको बताएका छन्। त्रिवि शिक्षण अस्पतालमा घैंटेको अवस्था बुझ्न पुगेका केसीले पत्रकारहरुसँग भनें ‘मास्क लगाएका र सिभिल ड्रेसमा रहेका पाँच जनाले खाना खाइरहेका घैंटेलाई गोली हानेका हुन्।‘ ‘मारिसकेपछि हवाइ फायर गरेर प्रहरीले दोहोरो गोली हानाहानको नाटक गरेको हो‘ उनले भने।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


